नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृ त्यु — OSNepal

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृ त्यु

LC (KTM) May 19, 2021 0

काठमाडौं- पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर ग म्भीर घाइते भएका युवकको मृ त्यु भएको छ । मृ हुनेमा प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभर रहेका छन् । उनको उपचारका लैजादै गर्दा मृ त्यु भएको हो । सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो । गोली लागेपछि मृ तक राजभर गम्भीर घाइते भएका थिए ।

उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजाँदा बाटोमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताए । भारत जान खोजेका राजभरलाई सशस्त्र प्रहरीले रोकेको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झ डप भएको थियो ।

स्थानिय र शसस्त्र प्रहरी बिचको झ डप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउन्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको थियो । सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते छन् । जसमध्ये शसस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकामा गम्भीर चो ट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर