काठमाडौँ १५ भदौ । संघीय संसद सचिवालयले नेकपा एमालेबाट विभाजित भई हालै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई कार्यालय उपलब्ध गराएको छ ।
नेकपा एसलाई सचिवालयले संघीय संसद् भवन सिंहदरबारमा भवन नम्बर १ को दोस्रो तल्लामा कार्यालय उपलब्ध गराएको हो ।
नयाँ पार्टीको लागि आफ्नो छुट्टै भवन र जग्गा खोज्दै गरेको नेकपा एसले अझै पार्टीको चुनाव चिन्ह भने टुंगो लगाउन सकेको छैन ।