काठमाडौँ १५ भदौ । एमसीसी खारेजको माग गर्दै राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।
एमसीसीको विरोध गर्दै राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाएका हुन् ।
अभियानका संयोजक निर्ग नवीनले आज मंगलबार एक विज्ञप्ती जारी एमसीसी कार्यान्वयनका लागि खोलिएको एमसीए नेपाल पनि तत्काल विघटन गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले पाँच बुँदे माग राख्दै १९ भित्र पुरा गर्न समते चेतावनी दिएका छन् ।