काठमाडौँ १५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफू नेतृत्वमा रहेका सबै स्थानीय तहका जनप्रतिनिधिको कामको समीक्षा गर्ने भएको छ ।
आज मंगलबार एक विज्ञप्ती जारी आफू नेतृत्वमा रहेका सबै स्थानीय तहका जनप्रतिनिधिको कामको समीक्षा गर्ने जनाएको छ ।
जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन मात्र जित्न सक्यौँ वा सकेनौँ, विषयमा समिक्षा गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ , ‘यसको मूल्यांकन आगामी निर्वाचनमा हुने छ, जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टीमार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो रु यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्यांकन हुने छ ।’