राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभए मन्त्रिपरिषद्ले पुर्णता नपाउने — OSNepal

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभए मन्त्रिपरिषद्ले पुर्णता नपाउने

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । आज बिहान बसेको सत्तागठवन्धनको दलको बैठकले पनि मन्त्रालयको भागवण्डा मिलाउन सकेन । यसरी पटक पटक बसेके शिर्ष नेताहरुको बैठकले सरकालाई पुर्णता लिने विषयमा असफल भइरेको छ ।

विषेश सुत्रका अनुसार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्ममन्त्रालयको भागबन्डा भएपनि मन्त्रीहरुको सपथ हुने छैन । सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

मन्त्री हुनकै लागि महन्थ ठाकुरको साथ छाडेर यावदसँग आएकाहरु यदि मन्त्री भएनन् भने फेरि जसपाको फुटको अवस्था र्सिजना हुने स्रोतले जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भागमा अब ४ मन्त्रालय मात्र बाँकी रहँदा यो सजिलो भने छैन ।

२३ प्रतिनिधि सभाका सांसद रहेको नेकपा एसमा २१ जना मन्त्रीको आशमा बसेका छन् भने राष्ट्रिय सभाका ७ जना पनि मन्त्री हुने आकांक्षीमा रहेका छन् । अब क िनेपाल पक्षले ६ वटा मन्त्री पाउने सहमति भएको जनाइएको छ ।

त्यसै गरी, माओवादी केन्द्रले अब चार वटा मन्त्रालय पाउने भएको छ । यसअघि दुई मन्त्रालयको जिम्मा माओवादीलाई दिइकेको छ । सबैलाई मन्त्री बनाउन आलोपालोको रणनीति अध्यक्ष माधव नेपालले अपनाउन लागेको बुझिएको छ ।

तर, असन्तुष्टलाई मनाउन सजिलो छैन । जसपा पनि ४ मन्त्री पाउने भएकाले १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी रहेका छन् । जसले फुटेको सिर्जना नहोला भन्न सकिन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर