बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि डेढ करोड विनियोजन — OSNepal

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि डेढ करोड विनियोजन

LC (KTM) May 19, 2021 0

बर्दिया – बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताउनुभयो । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर