आइसोलेशनमा बस्दा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने — OSNepal

 आइसोलेशनमा बस्दा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने

LC (KTM) May 19, 2021 0

तनहुँ- ऋषिङ गाउँपालिका तनहुँले निर्माण गरेको आइसोलेशनमा बस्दा सङ्क्रमित हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा बस्नुपर्ने ऋषिङवासीका लागि गाउँपालिकाले खर्च व्यहोर्ने भएको हो ।

गाउँपालिकामा हुने खर्चको हकमा मात्रै गाउँपालिकाले जिम्मा लिइने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा जटिल अवस्था आएर अन्यत्र लैजानु परेमा खर्च स्वयम्को हुने र गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएर सम्बन्धित अस्पतालसम्म लैजाने र घरसम्म पु¥याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नागरिकको समेत योगदान हुने गरी कोभिड राहत कोष स्थापना गर्ने भन्ने प्रस्ताव आए पनि नागरिकलाई आर्थिक भार नपरोस् भनी त्यसको सम्पूर्ण खर्चको प्रबन्ध गाउँपालिकाले मिलाउन लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोभिड जोखिम बढेको भन्दै ऋषिङ गाउँपालिकाले गाउँमा विवाह, भोजभतेर, मेलालगायत मानिसको भीडभाड हुने कार्य तत्काल रोक्न लगाइएको छ । सङ्क्रमणसँगै जोखिम समेत बढेकाले गाउँपालिकाको मुख्य प्रवेश नाकाहरूमा कडा निगरानी राखिएको गाउँपालिकले जनाएको छ ।

गाउँपालिकामा पिसिआर परीक्षण गर्नका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी जनचेतना फैलाउने, देश विदेशबाट आएका गाउँवासीलाई १५ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । आइसोलेशन तयारी अवस्थामा राखिए पनि हालसम्म बिरामी आएका छैनन् । उहाँले भन्नुभयो, “पाँच श्यया अक्सिजनसहितको आइसोलेशन निर्माण गरिसकिएको छ भने १५ श्ययाको निर्माणको तयारी भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर