मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जना मोटो रकम सहित समातिए — OSNepal

मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जना मोटो रकम सहित समातिए

LC (KTM) May 19, 2021 0

काठमाडौं, ५ जेठ-काठमाडौं महानगरपालिका(२६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १ सय ५० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि- सशस्त्र प्रहरीले गोली चलाउँदा २२ वर्षीय युवक घाइते :परासी — पश्चिम नवलरासीको प्रतापपुर कठहवामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा प्रतापपुर–६ का २२ वर्षीय अभिनाश राजभर रहेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्रले राजभर माथी गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।

भारत जान खोजेका राजभरलाई सशस्त्र प्रहरीले रोकेको विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा सशस्त्र प्रहरीका नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएका छन् । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर