काठमाडौँ ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिवार्चनको लागि एमाले उम्मेदवारलाई मतदान गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालय प्रमुखद्वारा जारी एक विज्ञप्तीमार्फत यस्तो निणर्य गरेको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका गृहमन्त्री रामबहादुर थापालाई मतदान गर्ने निणर्य गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमति प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदमा नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अनुरोध सहितको पत्र प्राप्त भएको छ, यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थापाको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभाका सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने समेत निर्णय राप्रपाले विज्ञप्तमिा जारी गरेको छ ।