काठमाडौं १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफु ७० वर्ष नाघेकाले कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।
करिब डेढ महिनाको उपचार पछि स्वदेश फिर्ता भएका नेता खनालले विभानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफैले ७० वर्षको मापदण्ड ल्याएकाले यसको पुर्ण रपमा पालना गर्ने बताएका उनले भने,’मलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार छैन ।’
विधानमै ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पद र नेतृत्वमा नरहने मापदण्ड पारित गराएको बताएका खनालले यसको पालना ७० वर्ष नाघेका सबै नेता पालना गर्नुपर्ने बताएका छन् । विधानलाई आफुले दृढतापूर्वक पालना गरेर जाने उनले बताए ।
नेता खनालले अध्यक्ष केपी अोलीलाई लक्षित गर्दै विधानको नियम पालना गर्नुपर्ने जनाएका हुन् ।