काठमाडौं १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो पार्टी एक्लैले सत्तारुढ दल गठवन्धनलाई हराएरै छाड्ने दावी गरेका छन् ।
आज सोमबार पत्रकारहरुसँगको कुराकानीमा नेता पोखरेलले यस्तो दावी गरेका हुन् । आफ्नो पार्टीले सत्तापक्षीय गठबन्धनलाई पराजित गर्ने घोषणा गरेका छन् । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत पार्टीलाई प्रतिगामीका संज्ञा दिएका उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने पनि स्पष्ट पारेका छन् ।
एमालेविरोधी गठबन्धनलाई जसरी पनि परास्त गर्ने दावी समेत नेता पोखरेलले गरेका छन् ।