स्युचाटारमा रोकिराखेको बसभित्र सहचालकको हत्या — OSNepal

स्युचाटारमा रोकिराखेको बसभित्र सहचालकको हत्या

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । रोकिराखेको बस भित्र सहचालकको हत्या भएको छ । काठमाडौंको स्युचाटारमा रोकिराखेको बसभित्र सहचालकको हत्या भएको हो ।

हत्या गरेको अभियोगमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार रहेका छन् ।

गत साउन २८ साँझ ६ बजे रोकिराखेको बा।४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको भएको थियो । खत्रीलाई सुरेशले ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

हानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले सुरेशलाई चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर फरार रहेका उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर