काठमाडौं ५ जेठ । तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ १५ गते भन्दा अघि नै संसदमा विश्वासको मत लिने बुझिएको छ ।केहि अगाडी बसको मन्त्रिपरिषद्को बैठकमा ओलीले आफु बजेट ल्याउनुभन्दा अगाडी नै संसदमा विश्वासको मत लिने बताइसकेकाले जेठ १५ गते सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ ।
यदि आफुले यस पटक पनि विश्वासको मत नपाए संसद विघटन गरेर चुनावमा जाने ओलीको तयारी रहेको बुझिएको छ । ओलीको विषेश स्रोतले जनाए अनुसार जेठ १५ अगाडी नै पाटीमा एकता गरी जनता समाजवादी पार्टीको माग पुरा गर्न अोली लागी परेका छन् । तर जसपाका महन्थ ठाकुर पक्ष भने यो पटक पनि तटस्थ बन्ने तयारी गरिएको बुझिएको छ ।