प्रेम चौलागाई
धेरै बर्ष अगाडिको कुरा राजा धनकुटा सवारी भएको बेलाको कुरा हो। राजा हेर्न धनकुटा जाने कुरा मनमा आयो। जाने निधो गरें। तर इलामको मंगलवारे वाट रवि हुँदै छ नम्बर बुधबारे बाट धनकुटा पुगिने निधो भो । भरपर्दो साथी खोजें। साथीको नाम लिन चाहन्न किनकी वाटो उसैले देखेको भनेर उस्को भरमा बिहानको राती घरवाट हिँड्यौ ।
एकतप्पा हुदै कोलकोटे ( साप्तिन ) पुगेर दिदीको घरमा खाना खायौ। कता हिडेको भनेर सोध्दै थिए तर आमचोक सम्म भनेर ठाँटेयौ । साथी ले वाटो देखेकोमा म ढुक्क थिएँ। आमचोक तिर पुगेपछि जाँदा जाँदै बाटो नै सिद्धियो जस्तो भो । मैले सोधे अब कता वाटै सिद्धियो त ? साथीले भन्यो यताबाट जान्छ भनेर भरखर सफा गरेको ठूलो बाटो तिर लिएर गयो। अलि पर पुगे पछि एउटी आमै त्यही बाटो को डिलमा दिसा गर्दै रहि छिन्। आमैले हत्त र पत्त उठेर कराउन थालिन । हामी आत्तिएर फर्कियौ।
कुरो बुझेको त जता ठूलो बाटो छ त्यतै धनकुटा जाने भनेर साथीले लिएर हिडेको रैछ। त्यो बाटो कता जान्छ उस्लाई पनि थाहा रहेनछ । ठूलो बाटो पछ्याउँदा साथीले सौचालयमा पुर्यायो ।
आज नेकपा (समाजवादी )माधव नेपालको हाल पनि मेरो धनकुटा हिडाई जस्तै देख्दै छु। प्रचण्डको विश्वासमा धनकुटा त हिडे नेपाल तर प्रचण्डले ठूलो बाटो खोज्दै हिड्दा नेपाली राजनीतिको शौचालयमा पुर्याई दिए। बहुदलीय जनवाद की झाक्री फरियावाद ???कस्तो रमाईलो है।