आज पनि यी स्थनामा पानी पर्ने, भोलीबाट मात्रै मौसममा सुधार आउने — OSNepal

आज पनि यी स्थनामा पानी पर्ने, भोलीबाट मात्रै मौसममा सुधार आउने

LC (KTM) August 30, 2021 0

काठमाडौं, १४ भदौ । नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

पछिल्लो तीनरचार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर