आफ्नो छोरा छोरीलाई अनलाइन गेम बाट टाढै राख्नुस् , यस्तो सम्म डेन्जर हुन सक्छ — OSNepal

आफ्नो छोरा छोरीलाई अनलाइन गेम बाट टाढै राख्नुस् , यस्तो सम्म डेन्जर हुन सक्छ

LC (KTM) August 29, 2021 0

आधुनिक युगमा अनलाईन गेमको बिश्वभर क्रेज बढिरहेको छ । यो अहिलेका किशोरहरुका लागि एकदमै चुनौतीपुर्ण साबित हुदै गएकोे छ । गेमको खराब लतका कारण बिभिन्न घटनाहरु समेत भएका छन् । आफ्नै बाबु आमा लाई पनि नचिन्ने बनाई दिएको छ अहिलेको अनलाईन गेमहरुले ।

अहिले चलिरहेका अनलाइन गेम कतिको घातक छ भन्ने थाइल्याण्डको एउटा घटनाले पुष्टि गरेको छ । गेम रातभर खेलेर बस्ने एक १८ बर्षिय युवकको निन्द्राको कमी भएका कारण निधन भएको छ । उक्त युवकको आमाले बताएकी छिन् कि उनको छोरा रातभर गमे खेल्ने गर्थे । कम्प्युटर छैन भने आफ्नो मोबाईल फोन बाट समेत उनी गेम खेल्ने गर्थे ।

उनले भनिन्– यो कुरालाई लिएर मलाई कहिले चिन्ता भएन । मै एकदम ढुक्क थिए कि उनलाई यसले केही असर गर्दैन होला भन्ने । उनी आफ्नो छोराको छेउको कोठामा सुत्ने गरेकी थिईन् । ति युवक आधा रातमा उसको बाथरुममा नुहाउने आदतमा थिए । त्यसपछि उनी आफ्नो कोठाको ढोका बन्द गरेर पुरै रात गमे खेल्ने गरेका थिए ।

एक रात म एकदमै चिन्तित भए किनकी उनले आमाको फोन उठाईरहेका थिएनन् । उनले फोन उठाएनन् र ढोका पनि खोलेनन् । ढोका फोरेर भित्र पसे । उनको छोरा शटैलेस अवस्थामा लडिरहेका थिए । उनको मोबाईल छेउमै रहेको थियो ।

उनकी आमाले कहिले सोचेकी थिईनन् कि उनको छोराको यो हालत हुन्छ भनेर । पछि चेक गरेपछि थाहा भयो कि उनको मृत्यु हृदयघातका कारण भएको थियो । उनको शरीरलाई रेस्ट नमिलेको उनलाई हृदयघात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर