आज काठमाडौं उपत्यकामा पत्याउनै नसकिने गरी ह्वात्तै घटे संक्रमित — OSNepal

आज काठमाडौं उपत्यकामा पत्याउनै नसकिने गरी ह्वात्तै घटे संक्रमित

LC (KTM) August 29, 2021 0

काठमाडौँ, १३ भदौ- पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार दुई ९७ नमुना परीक्षण गर्दा एक हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो । जसमा काठमाडौँ उपत्यकामा मात्रै ४७८ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमणको परीक्षण कम भएपछि संक्रमित हुनेको संख्यामा पनि कमि आएको छ । हिजो ९शनिबार० १३ हजार एक सय ७६ नमुना परीक्षण गर्दा एक हजार ८५७ जना संक्रमित भएका थिए । सक्रिय संक्रमित ३५ हजार ७९६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ६० जना संक्रमणमुक्त भएका छन् । आइतबार अपरान्हम्म सात लाख १२ हजार सात सय १२ जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । नेपालमा निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।अहिलेसम्म १० हजार सात सय १४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६१ दशमलव १ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ । यस्तै ६ सय २५ जना सघन उपचार कक्ष ९आईसीयू०, एक सय ६७ जना भेन्टिलेटर, ३२ हजार सात सय ४४ जना होम आइसोलेसन, तीन हजार ५२ जना संस्थागत आइसोलेसन र तीन सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर