भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका नेता खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट — OSNepal

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका नेता खनालको उपचार खर्च फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

LC (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य उपचारको लागि सरकारले दिएको रकम फिर्ता गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आज आइतबार अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका नेता खनाललाई
दिएको रकम फिर्ता गर्नुपर्ने माग सहित सर्वोच्चमा रिट दायर भएको हो ।

विदेशमा गएर उपचार गरेकाले सरकारले रकम दिनु गैरकानुनी भएको साथै उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णय खारेज गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर