प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतले सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि... — OSNepal

प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतले सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि…

LC (KTM) August 29, 2021 0

जनकपुरधाम, १३ भदौ । प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ ।

भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ । जिम्मेवारी हेरफेरप्रति विजय यादवले भने असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारको कामकारबाहीलाई चुस्तदुरुस्त बनाउन मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको निर्वतमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर