९ करोड मूल्य बराबरको अवैध लागु औषध कोकिनसहित तिन जना विदेशी पक्राउ — OSNepal

९ करोड मूल्य बराबरको अवैध लागु औषध कोकिनसहित तिन जना विदेशी पक्राउ

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ भदौ । अवैध लागु औषधसहित पहरीले तीन जना विदेशीलाई पक्राउ गरेको छ । ९ करोड मूल्य बराबरको अवैध लागु औषध कोकिन सहित लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो ।

गत साउन ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई कमलादीस्थित एक होटलबाट २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ गरेपछि उक्त कारोवारमा संलग्न गरेपछि भारतको बैंकलोरका विजय सिंह लाई भदौ ८ गते कमलादिबाटै प्रहरीले पक्राउ गरेको थियो ।

यही कारोवार संलग्न तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तिनै जना विदेशी उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर