नम्बर प्लेट नभएको मोटरसाईकलमा आउँदै गरेका पटेल उनका साथि अवैध हुण्डीको रकम सहित पक्राउ — OSNepal

नम्बर प्लेट नभएको मोटरसाईकलमा आउँदै गरेका पटेल उनका साथि अवैध हुण्डीको रकम सहित पक्राउ

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ । अवैध हुण्डीको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका–२ घर भएका ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपाल तपर्फ आउँदै गरेका निजहरुलाई पर्साको वीरगञ्जस्थित जानकीटोलबाटईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।

नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका निजहरु उपर वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर