फ्याउरे सिँचाइ आयोजना सम्पन्न — OSNepal

फ्याउरे सिँचाइ आयोजना सम्पन्न

Kesh Karki (USA) August 29, 2021 0

इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाई आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।रु १५ करोड तीन लाखमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरिएसन भई जम्मा रु १६ करोड ९१ लाखमा आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यावसायि टङ्क गजुरेलले बताउनुभयो ।

आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ । ढिलैगरी सम्पन्न भए पनि योजना निर्माण भएको र सिँचाइ आयोजनाबाट निरन्तर पानी आएमा नगरपालिकाका तीन वडामा हिउँदेबाली लगाउन किसानलाई फाइदा पुग्ने नगर प्रमुख दीपक थेवेले बताउनुभयो । प्रदेशसभा सदस्य धीरेन शर्मा रमणले आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताउनुभयो ।

पहाडी जिल्ला इलामको यो भाग जिल्लाको तल्लो क्षेत्र भएकाले तराईमा झैँ उब्जनी हुन्छ । यहाँ तराईसँग जोडिएको क्षेत्र भएकाले पनि उत्पादन बढी हुने गरेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव कुमालले अब यस आयोजनालाई निरन्तर सञ्चालनका लागि आफुहरु क्रियाशील रहने बताउनुभयो । विशेष गरेर दुई बाली धान भित्र्याउने सो क्षेत्रमा पानीकै समस्या रहँदै आएको थियो । अब भने मकै, गहुँलगायतका अन्य उत्पादनसमेत वृद्धि हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर