काठमाडौं १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ‘महालेखाको प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।
आज पहिलो पटक बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफुले जे बोले पनि ब्रह्मवाक्य हुनुपर्ने सोच्ने राखेका ओली आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गरेको भनि नेता नेपालले आरोप लगाएका छन् ।
बैठकमा ओलीको चर्को आलोचना गरेका नेता नेपालले भने , ‘ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त’ ।’