प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव — OSNepal

प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउन प्रस्ताव

Kesh Karki (USA) August 29, 2021 0

पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउन प्रस्ताव गरिएको छ ।भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो ।अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ ।

जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रोगको पहिचान र पशुपक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिनुभयो ।गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौँ नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो । सो अवधिमा धेरै क्षति भइसकेको उहाँले जानकारी दिनुभयो । अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख चापागार्इंले बताउनुभयो । यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेक्ट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर