नेकपा एकीकृत समाजवादी दलको पहिलो संसदीय दलको बैठकसंघीय संसद भवनमा जारी — OSNepal

नेकपा एकीकृत समाजवादी दलको पहिलो संसदीय दलको बैठकसंघीय संसद भवनमा जारी

LC (KTM) August 29, 2021 0

काठमाडौँ १३ भदौ । नेकपा एकीकृत समाजवादी दलको पहिलो संसदीय दलको बैठक आज आइतबार बसिरहेको छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको छ । निवार्चन आयोगबाट दल दर्ताको मान्यता पाएको नेकपा एस को यो पहिलो संसदिय दलको बैठक हो । आजको बैठकमा संसदीय दलको नेता चयन गरिने भएको छ ।

संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधव नेपाललाई चयन गरिने समेत जनाइएको छ । संसदीय दलको नेता चयन पछि संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर