काठमाडौँ ५ जेठ । पार्टी एकताको लागि नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । हिजो मंगलबार पहिलो पटक बसेको कार्यदलको बैठकले कार्यक्षेत्र,कार्यविधि र आचारसंहिता लागु गर्ने निर्णय गरेको थियो ।
आज साँझ ७ बजे बस्ने कार्यदलको बैठकले हिजो निणर्य गरेको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताइएको छ । बैठक सिंहदरबारमा बस्ने भएको छ । पार्टी एकताको लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अर्का वरिष्ठ नेता माधव नेपालको पक्षबाट पाँच पाँच जनाको कार्यदलका सदस्य गठन गरिएको थियो ।