साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा आर्सनल माथि शानदार जित — OSNepal

साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा आर्सनल माथि शानदार जित

LC (KTM) August 28, 2021 0

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । साविक विजेता सिटीले फराकिलो जित निकालेको हो । आज भएको खेलमा सिटीले आर्सनलमाथि पाँच शुन्य गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

१० खेलाडीमा सिमित भए पनि सिटीले शानदार जित निकालेको हो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोलको योगदान दिए । त्यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे। यो जितसँगै सिटीले ३ खेलमा ६ अंक जोड्न सफल भएको छ ।

आजको जितले सिटी अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिन सफल भएको छ । आर्सनलले भने लगातार तेस्रो खेलमा पनि हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर