अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभावले आगामी ३ दिन मौसम अति प्रतिकुल रहने — OSNepal

अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभावले आगामी ३ दिन मौसम अति प्रतिकुल रहने

LC (KTM) May 19, 2021 0

काठमाडौं-आगामी ३ दिन मौसम अति प्रतिकुल रहने छ । जल तथा र्मासम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसोबाट पर्सी देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।

जसको प्रभावले कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा ३ दिसम्म मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने छ ।त्यस्तै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाइएको छ ।

वर्षा र उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने भएकाले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर