माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा बस्नेत र सचिवमा श्रेष्ठ — OSNepal

माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा बस्नेत र सचिवमा श्रेष्ठ

LC (KTM) August 28, 2021 0

नेकपा माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा लक्ष्मी बस्नेत चयन हुनु भएको छ । आज काठमाँडौमा सम्पन्न भेलाले बस्नेतको अध्यक्षतामा ३३ सदसीय कार्यसमिती निर्बिरोध चयन गरेको हो ।

त्यस्तै समितीको ईन्चार्ज एमबी थापा , सह ईन्चार्जमा मिथीला सिग्देल आचार्य उपाध्यक्षहरुमा ज्ञानसिङ वाईबा , गायत्री चौलागाँई ,सुजन आचार्य , सचिवमा अर्जुन श्रेष्ठ, सह सचिवमा श्याम कुमार तामाङ र कोषध्यक्षमा प्रकाश चौलागाईँ चयन हुनुभएको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो ।

कार्यक्रमाका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् जिल्ला सह ईन्चार्ज माधव सापकोटा सुबोधले पार्टी र सङठनलाइ मजबुुत बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेता चन्द्रबहादुर थापा , बिल बहादुर रायमाझी ,रोहीणी बिक ,प्रेममणी भट्टराई ,अमर बिक प्रदेश तथा जिल्ला तहका नेता पनि सहभागी रहेको नबनिर्बाचित सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर