अब धार्मिक पुजा सामाग्री एकै ठाँउबाट सजिलै लिन सकिने — OSNepal

अब धार्मिक पुजा सामाग्री एकै ठाँउबाट सजिलै लिन सकिने

LC (KTM) August 28, 2021 0

काठमाडौं। के तपाई धार्मिक तथा पुजा  सामाग्रीको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने तपाईका लागि खुशीको खबर छ । धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहले शुक्रबार सेवा सुरु गरेसँगै अब नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाइने भएको छ । स्वदेश तथा विदेशमा जहाँतहीँ धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक समग्री सुलभ तरिकाले उपलव्ध होस् भन्ने उदेश्यले यो काम सुरु गरिएको हो ।

सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी शुक्रबार सेवा सुरु गरेको हो।समुहले विशेषगरी विभिन्न साईजका नेपाली कलात्मक घरमा राख्ने मन्दिर,तुलसीको मोठ (महिरो),विवाह,व्रतबन्ध,क्रियाकर्म,नामाकरण (न्वारान),घरपूजा, लान्यास,नवग्रह,जन्मोत्सव,सत्यनारायण पूजा,श्राद्द सामग्री,सम्पूर्ण पूजाभाडा सेट,चाडपर्व विषेश सामग्रीहरु उपलव्ध गराउने जनाएको छ।

कम्पनीका कार्यकारी प्रमुख हरिहर ढुङ्गानाका अनुसार (दुर्गा पूजा) का लागी जमराको जौदेखि सम्पूर्ण सामग्री, हरितालिका पूजा,लक्ष्मीपूजा (सप्तरङ्गी र मखमली माला सहितको टीकादेखि लक्ष्मीपूजाको सम्पूर्ण सेट),नेवार समुदायमा प्रयोग गरिने म्हः पूजा सामग्री सेट,र अन्य धार्मिक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु पनि उपलव्ध हुनेछन्।

पूजाको लागि यजमानलाई सामग्री किन्ने तथा छनौट गर्ने समस्या रहदैन तथा पूजा गराउने पण्डित गुरुजीहरुलाई पनि चाहिने सबै सामग्री एउटै बट्टामा पाउदा धेरै सजिलो हुने भएकाले यो कदम चालिएको कम्पनीका कार्यकारी प्रमुख ढुङ्गानाले बताए । अष्ट्रेलिया,अमेरिका लगायतका देशमा परिक्षण व्यापार सफल भएसँगै आँफुहरुले अन्य स्थानमा पनि यो सफल हुनेमा विश्वस्त रहेको र ढुङ्गाना बताउँछन् ।

अष्ट्रेलियाका कार्यकारी प्रमुख पंडित प्रकाश ढोडारीका अनुसार commarce website तथा देशका नेपाली सुपरमार्केटहरु तथा नेपालीका ग्रोसरी सपहरुमा अब यि सामाग्री सजिलै पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर