यिनै हुन् बैतडीमा भिरबाट लडेर मृत्यु भएका ३० वर्षीय विजय भाट — OSNepal

यिनै हुन् बैतडीमा भिरबाट लडेर मृत्यु भएका ३० वर्षीय विजय भाट

LC (KTM) August 28, 2021 0

भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते हुनुभएको थियो । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक छोरा र श्रीमती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर