नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि सुदुरपश्चिममा एक्लिए भीम रावल! — OSNepal

नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि सुदुरपश्चिममा एक्लिए भीम रावल!

LC (KTM) August 28, 2021 0

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेको खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर