आज ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गए लगत्तै फेरी गयो ५.३ म्याग्निच्युडको अर्को भूकम्प, काठमाडौँसम्म धक्का — OSNepal

आज ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गए लगत्तै फेरी गयो ५.३ म्याग्निच्युडको अर्को भूकम्प, काठमाडौँसम्म धक्का

LC (KTM) May 19, 2021 0

काठमाडौं, जेठ ५ । बुधबार बिहान लमजुङको भुलभुले केन्द्रबिन्दु भएर लगातारु २ पटक ५ रेक्टरस्केल भन्दा ठूला भूकम्प गएका छन् । आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको थियो । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्पले ठूलो क्षती पुर्याएको भएता पनि दोस्रो पटक गएको भूकम्पले भने खासै क्षती नपुराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर