नदीमा आएको बढीले बगाउँदा रामेश्वरको मृत्यु,२० वर्षीय बब्लु बेपत्ता — OSNepal

नदीमा आएको बढीले बगाउँदा रामेश्वरको मृत्यु,२० वर्षीय बब्लु बेपत्ता

LC (KTM) August 27, 2021 0

वर्षासँगै रोहिणी र दानव नदीमा आएको बढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रोहिणी खोलाले बगाउँदा जिल्लाको ओमसतिया गाउँपालिका–४ का ५० वर्षीय रामेश्वर कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।

यसैगरी नदीमा बगाएको दाउरा छोप्न जाने क्रममा समरीमाईका एक युवक बेपत्ता भएका छन् । समरीमाई–३ बस्ने २० वर्षीय बब्लु लोधलाई स्थानीय दानव नदीमा आएको बाढीले बगाउँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । वर्षाले रुपन्देहीका ९५० घर डुबानमा परेका छन् भने २६ घरमा क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर