आज थप २,०६५ जनामा कोरोना संक्रमण हुँदा २,३३७ जना भए संक्रमण मुक्त — OSNepal

आज थप २,०६५ जनामा कोरोना संक्रमण हुँदा २,३३७ जना भए संक्रमण मुक्त

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । आज थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका भने यो सँगै नेपालमा हाल सम्म ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी १० वर्ष मुनिका ३९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर