बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य — OSNepal

बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

Kesh Karki (USA) August 27, 2021 0

बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर