गएरातिबाट परेको अविरल वर्षाका पूर्वी नवलपरासीको चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता — OSNepal

गएरातिबाट परेको अविरल वर्षाका पूर्वी नवलपरासीको चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता

LC (KTM) August 27, 2021 0

बुटवल ११ भदौ । गएरातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा एकै परिवारका तिन जना वेपत्ता भएका छन् ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका हुन् । भने एक जना घाइते भएका छन् ।

वेपत्ता हुनेमा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया रहेका छन् ।

पहिरोमा परेर घाइते हस्तबहादुर भने उपचारका लागि सदरमुकाम कावासोती पठाइनुका साथै वेपत्ताहरुको खोजी कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर