मोटरसाइकलमा आगजनी गरेको अभियोगमा समातिए अमृत — OSNepal

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा समातिए अमृत

LC (KTM) August 27, 2021 0

गोरखा, ११ भदौ- गोरखा नगरपालिका(५ पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरी राखेको सोही नगरपालिका(७ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको लु।२६ प ८७९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही नगरपालिका-९ ठिमुरेश्वाँरा बस्ने १९ वर्षीय अमृत कुवँरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले उक्त मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर