भरुवा बन्दुकसहित ५० वर्षीय गंगाराम जंगलबाटै पक्राउ — OSNepal

भरुवा बन्दुकसहित ५० वर्षीय गंगाराम जंगलबाटै पक्राउ

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । भरुवा बन्दुक सहित प्रहरीले एक जनालार्ई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–६ नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशी रहेका छन् ।

जैशीलाई इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले शुक्रबार बिहान सेतीखोर गाउँको जंगलबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजमाथि हातहतियार तथा खरखजना मुद्दामा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर