अविरल वर्षासँगैकाे पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध — OSNepal

अविरल वर्षासँगैकाे पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

LC (KTM) August 27, 2021 0

चितवन,११ भदौ- अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

सडकको सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ ।

यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर