पदभार ग्रहणपछि भाइको अन्त्येष्टिमा सहभागी भए प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्य — OSNepal

पदभार ग्रहणपछि भाइको अन्त्येष्टिमा सहभागी भए प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्य

LC (KTM) August 26, 2021 0

विराटनगर, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो ।

सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।

यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर