युरोप पठाइदिन्छु भन्दै छ जनासँग मोटो रकम ठगी फरार रहेका कोटेश्वर बस्ने एक व्यक्ति पक्राउ — OSNepal

युरोप पठाइदिन्छु भन्दै छ जनासँग मोटो रकम ठगी फरार रहेका कोटेश्वर बस्ने एक व्यक्ति पक्राउ

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवार रहेका छन् ।उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट हिजो बुधबार पक्राउ गरेको हो ।

निज सुनुवार काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर