सङ्क्रमणले मालपोतको सेवा बन्द — OSNepal

सङ्क्रमणले मालपोतको सेवा बन्द

Kesh Karki (USA) August 26, 2021 0

मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताउनुभयो ।कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गह«ौं प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर