काठमाडौँ १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् भनेका छन् ।
आफ्ना पार्टीले मान्यता पाएसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले एमसीसी सम्झौता परिर्माजन गर्नुपर्ने समेत बताएका छन् ।
उनले पत्रकार सम्मेलनमा साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने भन्दै नेपालको हितमा कसनै पनि कुठाराघात नहोस् भनेका छन् ।