ओलीको कारण एमाले विभाजन भयो : राजेन्द्र पाण्डे — OSNepal

ओलीको कारण एमाले विभाजन भयो : राजेन्द्र पाण्डे

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीको कारण एमाले विभाजन भएको स्पष्ट पारेका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका पाण्डेले बहुमतको सरकार हुँदा हुँदै पनि ओलीले संसद विघटन गरेकाले यस्तो अवस्था आएको बताएका छन् ।

कार्यक्रममा पाण्डेले माधव नेपालले अध्यक्ष पद नमागेको पनि स्पष्ट पारेका छन् । नेपालले अब दोस्रो पुस्ताका नेताहरुलाई अध्यक्ष बन्नुहोस् समेत भनेको स्मरण गराउँदै ओलीको समय देशमा अरबौंको भ्रष्टचार समेत भएकोले त्यसकोआफ्नो सरकारको नेतृत्वले छानविन समेत गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर