भालुको पित्त सहित चित्र बहादुर पक्राउ — OSNepal

भालुको पित्त सहित चित्र बहादुर पक्राउ

LC (KTM) August 26, 2021 0

बागलुङ, १० भदौ – ढोरपाटन नगरपालिका(४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुनलाई करिब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्त सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पित्त फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर