काठमाडौँ १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज केन्द्रिय कमिटिको बैठक बोलाएको छ ।
बैठक आज बिहिबार अपरान्ह्र १२ बजे ललितपुरसको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।
आजको बैठकमा महाधिवेशन, १० बुँदे कार्यान्वयन तथा पार्टी छोडेर गएका नेताहरुलाई कारवाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।
एकताको लागि भन्दै प्रयास रथ दोस्रो तहका नेताहरु सहभागी भएसँगै एमालेको यो पहिलो बैठक हो ।