यि हुन विरामीहरुलाई दु:ख दिई ठगी गर्ने १० जना बिचौलिया — OSNepal

यि हुन विरामीहरुलाई दु:ख दिई ठगी गर्ने १० जना बिचौलिया

LC (KTM) August 26, 2021 0

विराटनगर-अस्पताल आएका विरामीहरुलाई विभिन्न बहाना देखाएर दु:ख दिई ठगी गर्ने १० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटेर ‘यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधि राम्रो छैन’जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर कमिसन दिने अस्पतालमा लैजाने खोजेको आरोपमा उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा सुनसरी दुहवी ६ का ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ बस्ने २० बर्षका सूर्यनारायण यादव, मोरङ कटहरी गाउँपालिका ३ बस्ने ४२ बर्षको मो जलिद, विराटनगर महानगरपालिका बस्ने १८ बर्षका विश्वास मण्डल, २३ वर्षका रोशन गुप्ता, १९ वर्षका सुजित यादव, वर्ष २२ का फिरोज रोय, वर्ष २१ का समिर खान, वर्ष १८ का सरोज खान र १८ वर्षका अमित यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेठले बताए ।

डिएसपी श्रेठकाअनुसार ३ जनालाई कोशी अस्पताल र ७ जनालाई नोबेल मेडिकल कलेज छेउबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।केही दिनअघि मात्रै प्रहरीले न्यूरो अस्पतालबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । विरामीहरुलाई दु:ख दिने बिचौलियाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर