बंगलादेश संग २ मैत्रीपुर्ण खेल खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिम — OSNepal

बंगलादेश संग २ मैत्रीपुर्ण खेल खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिम

LC (KTM) August 25, 2021 0

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले मैत्रीपुर्ण खेल खेल्ने भएको छ । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । यसको जानकारी अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले दिएका छन् । उनका अनुसार नेपाली टोलीले बंगलादेशी टोलीसँग भदौ २४ र २७ गते खेल्ने छ ।

यो मैत्रीपुर्ण खेल दशरथ रंगशालामा हुने बताइएको छ । एएफसी महिला एसियन कप २०२२ छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्स सहितको टोलीले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर