नेपाली फुटबललाई नयाँ आशा देखाएका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाल छोड्ने संकेत, झुक्न चाहेनन् खेलमा राजनिती गर्नेहरु प्रति — OSNepal

नेपाली फुटबललाई नयाँ आशा देखाएका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाल छोड्ने संकेत, झुक्न चाहेनन् खेलमा राजनिती गर्नेहरु प्रति

LC (KTM) August 25, 2021 0

नेपाली फुटबललाई राम्रो उचाइमा पु¥याउनका लागि भनेर आएका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अन्ततः नेपाल छाड्ने नै मोडमा पुगेका छन् । राखेपका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ्ग संग पछिल्लो समयमा रुष्ट बनेका अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् ।

उपाध्यक्ष नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनीक भए लगत्तै उनले फेसबुक मार्फत यस्तो संकेत गरेका हुन् । उनले आफु बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले लेखेका छन् आइ एम आउट , लेट पोलिटिक्स वर्क । राखेपले यस बिबादका बिषयमा छानविन गर्न बनाएको समितिले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषद्लाई सुझाव दिएको थियो ।

साथै समितिले अलमुताइरीले सम्झौता अनुसार कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं समाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेरण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने सुझाव दिएको छ । तर उनले यस्तो बिबादमा अल्झिरहनु भन्दा बरु स्पष्ट रुपमै नेपाल छाड्ने संकेत गरेका हुन् ।

उनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले लगत्तै धेरै नेपाली फुटबलप्रेमी तथा खेलाडीहरुमा एक किसीमको उत्साह भरिएको थियो । त्यतिमात्र हैन यिनै प्रशिक्षक जस्ले खेलाडीले राम्रो प्रर्दशन गर्न नसके खेलाडी लाई हैन आफुलाई दोष दिन समेत आग्रह गरेका थिए । उनी भए संगै नेपाली फुटबलले एउटा उचाइ लिने आशा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर